FAQs Complain Problems

कर्मचारी पदपुुृर्ति सम्बन्धमा ।

 (प्रथम पटक प्रकाशित मितिः २०७७।०८।१८)
प्रस्तुत विषयमा यस सम्मरीमाई गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिकाको दफा ५ बमोजिम यस आ.व. ०७७/०७८ को लागि तपसिल बमोजिमको उद्यम विकास सहजकर्ताको सेवा करारमा पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक( १८ बर्ष उमेर पूरा भई ४० बर्ष ननाघेका ) नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र निवेदन दिनुहुन अनुरोध छ । 
आवश्यक न्युनतम योग्यता र अनुभवः
१. शैक्षिक योग्यताः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( CTEVT) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( CTEVT)  बाट उद्यम विकास सहजकर्ता सिप परिक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परिक्षा (T.S.L.C)  उत्तीर्ण गरेको हुनुपर्दछ ।
२. आवश्यक कागजातहरुः आवेदक स्वयंले प्रमाणित गरेका देहाय बमोजिमका कागजातहरुको प्रतिलिपिहरु,

  •     निवेदन
  •  बायोडाटा
  •    नेपाली नागरिकताको प्रतिलिपि
  •   सिप परिक्षणको प्रमाणपत्र भएमा त्यसको प्रतिलिपि
  •   कामको अनुभव खुलेको कागजातहरुको प्रतिलिपि,

३. दरखास्त दस्तुरः रु.४००।– (चार सय मात्र)
४. सेवा तथा सुविधाहरुः सम्मरीमाई गाउँपालिका गाउँकार्यपालिकाको निर्णय बमोजिम ।
५. छनौट तरिकाः उम्मेदवारहरुको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरी अन्तर्वाता लिईनेछ ।
६. दरखास्त दिने अन्तिम मितिः २०७७।०८।२४ गते सम्म
७. दरखास्त दिने स्थानः सम्मरीमाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय,फरेना,रुपन्देही ।
८. दरखास्त फारम गाउँपालिकाको कार्यालयबाट वा वेभसाईट (https://sammarimaimun.gov.np) पाउन सकिने छ ।  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: